स्वास्थ्य

सरकारी र निजी अस्पताल एकअर्काका परिपूरकः प्रदेश प्रमुख कोइराला

काठमाडौँ । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारी र निजी अस्पताल एक अर्काका परिपूरक भएको बताएकी छन्।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको रजत महोत्सवको अवसरमा बनिबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख कोइरालाले सरकारी र निजी स्वास्थ्य संस्था मिलेर नै दिगो विकास लक्ष्यमा उल्लेखित स्वास्थ्यको लक्ष्य हासिल गर्न सकिने बताईन् ।

उनले भनिन्, “स्वदेशमै आधुनिक प्रविधिसहितको सेवामुखी अस्पतालका रुपमा नर्भिक अस्पताल विकास हुँदै आएको छ, यो राष्ट्रको नमूना अस्पतालका रुपमा रहेको अनुभव गरेको छु ।”

वरिष्ठ चिकित्सक प्रा डा गोपालप्रसाद आचार्यले निजी स्वास्थ्य संस्थाको नेतृत्व गरिरहेको नर्भिकले आफ्नो सेवा प्रविधिलाई अझ चुस्त बनाई अघि बढ्ने शुभकामना व्यक्त गरिन् ।

नर्भिकका सद्भावना दूत कलाकार हरिवंश आचार्यले नर्भिकले स्वास्थ्योपचारका लागि विदेशिएको पैसा नेपालमै रोक्न सहयोग गरेको बताईन् । “देशका विशिष्ट व्यक्तिहरु सामान्य बिरामी हुँदा पनि भारत, बैंकक, अमेरिकासम्म पुग्ने ‘फेसन’ बनेको छ, यस्तो प्रवृत्ति रोकियो र आफ्ना देशको उपचारमा विश्वास गर्ने हो भने स्वास्थ्यमा नेपाल आत्मनिर्भर बनिसकेको छ”, उनले भनिन् ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष वसन्त चौधरीले सानो नर्सिङ होमबाट आजको दिनसम्म आइपग्दा थुपै्र चुनौतीको सामना गरेको बताइन् । उनले भनिन्, “आजको दिनसम्म आइपुग्दा थुप्रै आरोह अवरोह आए, हाम्रो उद्देश्य निरन्तर नेपालीलाई गुणस्तरीय सेवा दिनु हो, यस अवधिमा हामी कतिपय ठाउँमा चुकेका पनि छौँ, तर विचलित भएका छैनौँ अझ धेरै काम गर्न बाँकी छ ।”

नर्भिकले रजत महोत्सवको अवसरमा १२ जना वरिष्ठ चिकित्सकलाई नर्भिक कीर्तिमय दीर्घ योगदान सम्मान प्रदान गरेको छ ।

प्रदेश प्रमुख कोइरालाले वरिष्ठ चिकित्सकहरु प्रा डा विजयलाल गुर्वाचार्य, प्रा डा डिवी कार्की, प्रा डा दिव्यश्वरी मल्ल, प्रा डा डिएन डंगोल, प्रा डा हेमाङमणि दीक्षित, प्रा डा कान्ति गिरी, प्रा डा मनिन्द्ररञ्जन बराल, प्रा डा सरस्वती पाध्य, प्रा डा श्यामबहादुर पाण्डे, प्रा डा गोपालप्रसाद आचार्य, प्रा डा गौरीशंकर लाल दास र प्रा डा सुदीपकुमार भट्टाचार्यलाई सम्मान गरिन् ।

साथै अस्पतालमा २५ वर्ष सेवा गरेका विभिन्न कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले स्थापनाकालदेखि हालसम्म ५० लाख व्यक्तिलाई बहिरङ्ग सेवा दिएको र एक लाख बिरामीको शल्यक्रिया गरेको जानकारी दिईन् ।