अन्तर्राष्ट्रिय

किर्गिजिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन

बिस्केक, किर्गिजिस्तान । किर्गिजिस्तानका राष्ट्रपतिले सरकारको विघटन गरेका छन् ।  सरकारका प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको मतको पक्षमा यहाँको संसदमा बहुमत आएपछि राष्ट्रपतिले सरकारको विघटनका लागि तयार गरिएको आदेशपत्रमा हस्ताक्षर गरेको, राष्ट्रपतिको कार्यालयले बिहीबार बताएको छ ।

किर्गिजिस्तानको संविधान अनुसार राष्ट्रपतिले सम्भवत शुक्रबार नयाँ सरकार गठनका लागि संसदमा बहुमत रहेको प्रधानमन्त्रीको दलकै अर्को नेता खडा गर्न आग्रह गरेका छन् ।