पु.समाचार

राजेन्द्र क्षत्रीद्वारा अभ्यासको निरीक्षण

काठमाण्डौ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज मध्य पूर्वी पृतना हे.क्वा. तथा सोही पृतना अन्र्तगत धनुषा जिल्लाको भिमानमा सञ्चालित अभ्यास को निरीक्षण गरेका छन् ।

सोहि क्रममा उनले तालिम ईलाकाको स्थलगत वस्तुस्थिति, बन्दोबस्ती, Field Training Exercise मा सहभागी भएका शिक्षार्थीहरुले प्रदर्शन गरेको Demonstration को अवलोकन लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै Field Training Exercise मा भाग लिने फौजलाई सम्बोधन गरेका थिए ।

प्रधानसेनापति क्षत्री Field Training Exercise को निरीक्षण सम्पन्न गरी आजै काठमाण्डौं फिर्ता भएको शैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।