आर्थिक

सिटिजन्स बैंक इन्टरनेसनलको अब बार्हौ वर्ष

काठमाण्डौ । सिटिजन्स बैक आजबाट ११ बर्ष पुरा गरी १२ बर्षमा प्रबेश गरेको छ । “योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी, आजदेखि २०औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले एघार वर्ष पूरा गरी बार्हौ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकका अध्यक्ष डा शंकर प्रसाद शर्माको सभापतित्वमा बैंकको मुख्य कार्यालय भवनमा पत्रकार सम्मेलन तथा अन्य महत्वपुर्ण कार्यक्रमहरू आयोजना गरेको छ ।

बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा आफ्नो ६८ वटा शाखाहरु र ६८ वटा ए.टि.एम.बाट करिब तीन लाख पैतिस हजार ग्राहकवर्गलाई गुणस्तरीय बैकिङ्ग सेवा पु¥याउँदै आईरहेको यस बैंकले आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रयमास सम्ममा रु.६० अर्व २५करोड निक्षेप संकलन गरि रु. ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको तथा सोहि अवधि भित्र रु.१ अर्व १७ करोड ७४लाख संचालन मुनाफा र रु.१ अर्व ९८ लाख खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्ष सोहि अवधिका तुलनामा क्रमस ३२/७२ प्रतिशत र १४ं/३९ प्रतिशतले वृद्धि भएको छ । बैंकमा निरन्तर दुई कार्यकाल पुरा गरी सञ्चालक समितिमा योगदान पु¥याएका सञ्चालकलाई ‘दीर्घ सेवा सम्मान पदक’ र बैंकमा निरन्तर १० वर्ष कार्यरत पदाधिकारी एवं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ अध्यक्षबाट वितरण गरिऐको छ ।

एघारौं वार्षिकोत्सवको सुखद अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले १५ जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाई ‘बाल विकास समाज कपनद्धारा’ एब लाख ५० हजार को छात्रवृत्ति प्रदान गरेको छ । माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त कार्यमा कार्यरत्त ‘Snow Yak Foundation’लाई आर्थिक सहयोग स्वरुप एक लाख प्रदान गरेको छ । म्युजीक कम्पोजर एसोसीएसन’ नेपाललाई बैंकले सहयोग स्वरुप रु १५ लाख प्रदान गरेको छ । यसै गरी एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था SAATH लाई आर्थिक सहयोग स्वरुप एक लाख र ‘Baby Life Home ’ किर्तिपुर लाई आर्थिक सहयोग स्वरुप दुई लाख गरेको छ । साथै बैंकले ‘मानव अङ्ग प्रत्यारोपण केन्द्रलाइ’ आर्थिक सहयोग स्वरुप दुई लनख प्रदान गरेको छ । ‘त्रिवेणि सामुदायिक पुस्ताकलय तथा श्रोत केन्द्र भिमढुंगालाई बैंकले आर्थिक सहयोग स्वरुप ५० हजार र न्यूरो सेवा दिई रहेको ‘ दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर’ लाई पाँच थान फ्रीज प्रदान गरेको छ ।

‘ किल्नीक वानलाई आर्थिक सहयोग स्वरुप एक लाख कईश्वरको तेजशक्ति द्घारा ज्योरेई पद्धति मार्फत मानिसहरुको उपचार र उद्घार गरिरहेको ‘अभय उपचार केन्द्र’ लाई आर्थिक सहयोग स्वरुप दुई लाख , ‘श्री कमल निम्न माध्यमिक विद्यालय’ , कमलपोखरीलाई रू दुई लाख ५० हजार, ‘कुलेश्वर माध्यमिक विद्यालय’, कुलेश्वरलाई फर्निचर किन्नका निम्ति एक लाख ५० हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ । राजधानीको मीनभवनस्थित ‘निसहाय सेवा सदन’ जेष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना सहयोग गरेको छ । आर्थिक वर्ष २०७४/७५ को चैत्र मसान्तमा शिक्षा ,स्वास्थ्य , खेलकुद , संगीत प्रबर्धन जस्ता क्षेत्रमा बैंकले करिब ९० लाख को आर्थिक सहयोग उपलब्ध गराएको छ ।अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता शर्माले व्यक्त गरे ।

बैंकले आफ्नो वार्षिकोत्सव पारेर आज विहान बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना ग¥यो । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक ( नारायणहिटीपथ – हात्तिसार – कमलादी गणेश – तिन धारा – दरबारमार्ग —नारायणस्थान हुदै बैंकको प्राङ्गणमा आएर टुगिएको थियो । यस कार्यक्रममा सङ्गीतकर्मीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

एघारौं वार्षिकोत्सवको सुखद अवसरमा बैंकले “ रक्तदान जिवनदान “ को नारालाई सार्थक बनाउदै शाखाहरु बैंकले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ । बैंकले उपत्यका भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त सामाखुशी शाखा, बौद्ध शाखा , ठिमी शाखा ,कीर्तिपुर शाखा र उपत्यका बाहिरका बिरगंज, बिराटनगर, नेपालगंज, महेन्द्रनगर र सिमलचौर पोखरामा गरी कुल दश स्थानबाट रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले तिलगंगा आँखा अस्पतालको सहकार्यमा आखा दान एवम ‘मानव अङ्ग प्रत्यारोपण केन्द्र’ को सहकार्यमा मिर्गौला दान कार्यक्रम सम्पन्न गरेको छ ।

खेलकुद जगतमा टेवा पु¥याउने उद्देश्यले, निकट भविष्यमा बैंकले वार्षिकोत्सवको अवसरमा आयोजना गरिने ‘Citizens Golf Tournament-2018’ तथा ‘6th Citizens Lawn Tennis Tournament’ सम्बन्धी जानकारी पनि उक्त समारोहमा दिइयो । बैंकको वार्षिकोत्सवका उपलक्ष्यमा बैंकले गएको महिनाको २४ गते देखि २५ गते सम्म चाँैथो संस्करणको ‘Citizens Interbank Futsal Tournament -2018’]   आयोजना गरेको थियो जसमा १६ वटा वाणिज्य बैंक सहभागी भएका थिए ।