कृषि

पशु प्राविधिकको राष्ट्रिय भेला

चितवन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला एवं विधान अधिवेशन शनिबारदेखि दुई दिनसम्म चितवनमा हुने भएको छ ।

देशभरका करिब ४०० जनाभन्दा बढी पशु स्वास्थ्य प्राविधिकको उक्त भेलामा सहभागिता रहने छ । उनीहरुले संघीय विधान बनाउने छन् ।

संघका केन्द्रीय अध्यक्ष जनक रावलका अनुसार देश संघीय संरचनामा गएपछि सोहीअनुसार विधान संशोधन गर्न भेला आयोजना गरिएको हो । भेलाको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

संघले पशु सेवामा संलग्न विशेष, प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको पेशागत हकहित, नेपाली पशुपालक कृषकको सेवा र पशुपालन व्यवसायको व्यावसायिकीकरणका लागि सक्रिय भएर काम गर्दै आएको छ । संघको ७७ जिल्लामा समिति रहेको उपाध्यक्ष पुष्कर नेपालले जानकारी दिए ।