समाचार

डुबेर बालिकाको मृत्यु

त्रिशूली, नुवाकोट । विदुर नगरपालिका– १३ आमथाङकी एक बालिकाको आज ड्रमको पानीमा डुबेर मृत्यु भएको छ ।

सुजन तामाङकी १५ महिनाकी छोरी सुविनाको आज घरको ड्रममा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेल्ने क्रममा ड्रमको पानीमा डुब्न पुगी घाइते भएकी बालिकालाई उपचारको लागि त्रिशूली जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।