पर्यटन/संस्कृति

हिमालयन एअरलाइन्स बालबालिकालाई सहयोग

काठमाण्डौ । नववर्ष २०७५ तथाकम्पनीको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा हिमालय एअरलाइन्सले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत पुनः एकपटक ‘प्रयास नेपाल’लाई सहयोग गरेको छ । प्रयास नेपालले नयाँ शैक्षिक सत्र २०७५/७६ कालागिमाग गरे अनुसार एअरलाइन्सले त्यहाँ रहेका आश्रित बालबालिकाहरूलाई एक वर्षकालागि कापी तथा भान्छामा प्रयोग हुने सामाग्री प्रदान गरेको हो ।
ीहमालय एअरलाइन्सका प्रतिनिधिहरूले बैशाख २ गते आइतबार बालुवाटारस्थित प्रयास नेपालको कार्यालयमा गएर त्यहाँ रहेका बालबालिका तथा अधिकारीहरूसँग भेटघाट तथा अअन्तरकृया गरेका थिए । एअरलाइन्सको यो महत्वपूर्ण योगदानको प्रयास नेपालले सह्राना गरेको थियो । त्यहाँ एअरलाइन्सका प्रतिनिधिहरूले बालबालिकालाई कापीसहित अन्य सामाग्री तथा चक्लेटहरूप्रदान गर्दा उनीहरू उत्साहीथिए ।
उक्त कार्यक्रममा बोल्दै एअरलाइन्सको ब्राण्ड तथा सर्भिस इम्प्रुभ्मेन्ट विभागकी प्रमुख उज्ज्वलादलीले भनिन्, ‘हिमालय एअरलाइन्सले प्रयास नेपालसँग सहकार्य गर्न पाउँदानिकै खुशी र गौरवान्वित महशुस गरेको छ । हाम्रो सानो सहायताले प्रयास नेपालमा आश्रित बालबालिकालाई प्रोत्साहित र सशक्तगर्दै भविष्यमा आत्मविश्वासी, तथा वस्थबनाउन सहयोग पुग्नेमा हामी आशावादी छौं ।’ उनले प्रयास नेपालको गरिब तथा विपन्न बालबालिकालाई उचित शिक्षा तथा पालनपोषण दिने कार्यलाई एअरलाइन्सले भविष्यमापनि सघाउने प्रतिबद्धता व्यक्तगरेका थिए ।
हिमालय एअरलाइन्स सामाजिक कार्यहरूमा भोलिकादिनमा पनि संलग्न रहने छरआफूले कामगर्ने क्षेत्रको सामाजिक तथा आर्थिक विकासकालागि कटिबद्ध रहेको छ ।
प्रयास नेपाल सन् २००३ मास्थापितगरिब, अनाथ, पीडित तथा अपाङ्ग बालबालिकाहरूलाई उचित पालन–पोषण, शिक्षातथा सीपमूलक तालिम प्रदानगर्दै जागरूक बनाउने कार्यमा अनवरत रूपमा लागेको संस्था हो । यस संस्थामा देशका विभिन्न स्थानबाट आएका बालबालिकाहरू आश्रित रहेका छन् ।