पर्यटन/संस्कृति

बदरीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बदरीनारायणको प्राण प्रतिष्ठा कार्यक्रममा सरिक हुनाका साथै मन्दिरको उद्घाटन गरे ।

हिन्दू धर्मावलम्बीका आस्थापुञ्जका चार धाममध्ये बदरीनारायणलाई एक मानिन्छ । शिवपुरीको काखमा अवस्थित बृहत् शान्तिधाममा बदरीनारायणको प्राण प्रतिष्ठा गरी मन्दिर तथा गोपुर तयार गरिएको हो । विसं २०७३ असार ३ गते मन्दिरको शिलान्यास भएको थियो ।

सत्यम्, शिवम्, सुन्दरम् भगवान् शिवका आदर्श वाणीअनुसार कलात्मक शैलीमा मन्दिर तयार पारिएको छ । बदरीनारायणको प्राण प्रतिष्ठासँगै बदरीनाथको दर्शन गर्न अन्यत्र जानुपर्ने अवस्थाको अब अन्त्य भएको बताइएको छ ।

सो अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बृहत् शान्तिधामलाई धार्मिक र सांस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको जानकारी दिए । उनले धार्मिक सहिष्णुता र एकताले नै राष्ट्रियतालाई बलियो बनाउने चर्चा गर्दै आर्थिक समृद्धिका लागि धार्मिक पर्यटनलाई जोड दिनुपर्ने विचार प्रकट गरे ।

तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले बृहत् शान्तिधाममा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोग पु¥याउने जानकारी दिए ।
बृहत् शान्तिधामका संस्थापक चतुर्भुचार्य चुडामणिले सनातन धर्मको रक्षा गर्न आह्वान गरे । सो अवसरमा भक्ति सङ्गीतसमेत प्रस्तुत गरिएको थियो ।