स्वास्थ्य

आँखा अस्पतालको उद्घाटन

भोजपुर । जापानी राजदूत मासासी ओगावाले आज भोजपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरे । भोजपुर नगरपालिका–१२ पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगमा एक करोड जापानी यानको लागतमा निर्माण भएको सो अस्पताल दुईतला रहेको छ ।

कार्यक्रममा जापानी राजदूत ओगावाले जापान सरकारले नेपालको सबै क्षेत्रमा विशेष प्राथमिकताका साथ सहयोग गरेको बताउँदै नवनिर्मित आँखा अस्पतालबाट स्थानीय बासिन्दाले सुविधा लिन सक्ने विचार राखे।