आर्थिक

ग्लोबल आईएमई बैंक र क्रसपेबीच रेमिट्यान्ससम्झौता

काठमाण्डौ । ग्लोबल आईएमई बैंक र बेलायत स्थित क्रसपे बीच रेमिट्यान्स व्यापार कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर पछि बेलायत स्थित मुख्य कार्यालय भएको क्रसपे मार्फत पठाएको रकम नेपालमा रहेको ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग सेवा तथा नेपालभर रहेका ७५०० भन्दा बढि एजेन्टहरु मार्फत नगद भुक्तानी लिन तथा ग्लोबल आइएमई बैंकको खाातामा सिधै जम्मा गर्न सकिने छ । क्रसपे को बेलायत स्थित शाखाहरुबाट विश्वका जुनसुकै ठाउँमा पनि सजिलै पैसा पठाउन सकिनेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको बैंकले जनाएको छ ।