राजनीति

अध्यक्षमा ओली र दहाल दुबै रहने गरी माओबादी र एमाले कुनै हालतमा मिल्ने

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को आजको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओबादी केन्द्रले ५० प्रतिशत हिस्सा आएमात्र पार्टी एकीकरण गर्ने संकेत दिएपछि ५ बर्ष प्रधानमन्त्री हुने लाईनमा लम्किएका एमाले अध्यक्ष ओली आत्तिएका थिए । अर्कोतिर एमालेले आफूहरुलाई एमालेमा बिलय गराउने षढ्यन्त्र गरेको भनदै आत्तिएक थिए ।

केहिदिनदेखी बस्न नसकेको पार्टी एकता समायोजन समितिको बैठक आज बिानबाट प्रधानमनत्री निवास बालुवाटारमा बसेर अध्यक्षमा एमाले अध्यक्ष ओली र माओबादी केन्द्रका अध्यक्ष दहाल रहनेगरी कुनैपनि हालतमा पार्टी एकीकरण गर्ने निर्णय गर्दै सकिएको हो ।