आर्थिक

पेट्रोलियम पदार्थमा पुनःमूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई÷दुई मूल्य वृद्धि गरेको जनाएको छ ।

समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ ।

स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव रु २१ करोड हुने देखिएको छ ।
केहिदिन अगाडीमात्र मुल्यबृद्धी भएपनि अन्तर्राष्ट्रिय श्रेत्रमा मुल्यबृद्धी भएका कारण नेपालमा पनि मुल्य समायोजन गर्दा बृद्धिी भएको नेपाल आयल निगमलृ जनाएको छ ।