राजनीति

काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने

काठमाडौँ । विसं २०७४ चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ । बैठक जारी रहेको क्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो ।

वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

झण्डै ४ दिन लगातार बसेको बैठकमा धेरैजसो केन्द्रीय सदस्यहरुले आफ्नो धारण राखेपनि अझै केन्द्रीय सदस्यहरुले आफ्ना कुरा राख्ने समय माग गरेका छन् भने केन्द्रीय सदस्यहरुले सभापतिबिरुद्धमा समेत केही बिचार राखेका हुनाले त्यसको उत्तर समेत देउवाले दिनेछन् ।