समाचार

असहाय वृद्धालाई कपडा

काठमाडौँ । आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘नवजीवन परोपकार समाज’ले आज पशुपतिनाथ मन्दिर परिसरमा रहेका असहाय वृद्धालाई मिठाइ तथा लत्ताकपडा वितरण गरेको छ ।

सडकमा रहेका आमाहरुले पनि चाडबाडको अनुभव गर्न पाउन् भन्ने उद्देश्यले मिठाइ तथा कपडा वितरण गरेको समाजका अध्यक्ष दुर्गानाथ दाहालले बताए ।

सो अवसरमा त्यहाँ रहेका ५० जना वृद्धा आमालाई मिठाइ र प्रत्येकलाई एक–एक वटा साडी वितरण गरिएको थियो ।