मनोरञ्जन

‘यायावर’ गीति क्यासेट बजारमा

काठमाडौँ । साहित्यकार वसन्त थाम्सुहाङले रचना गरेको ‘यायावर’ गीति क्यासेट आजदेखि बजारमा आएको छ । उक्त क्यासेटमा ‘न मर्नु न बाँच्नु’, ‘प्रणयका यी पलहरु’, ‘किन आज’, ‘आफ्नै मुहार’, ‘नसोध साथी’लगायत गीतमा विभिन्न कलाकारले स्वर तथा संगीत दिएका छन् । वरिष्ठ संगीतकार अम्बर गुरुङ, शान्ति ठटाल, पारस मुकारुङले संग्रह गरेका संगीतलाई पनि समावेश गरिएको छ ।

वरिष्ठ गीतकार रत्नशम्शरे थापाले क्यासेटको विमोचन गर्दै गीतमा छन्द, लय र भावको सन्तुलन मिलाउनुपर्ने हुँदा यो लेखन क्षेत्र कठिन रहेको बताए । उनले गीतलाई गम्भीर भएर सुन्ने र त्यसको विश्लेषण गर्ने स्रोताको खाँचो रहेको बताए ।

गीतकार दिनेश अधिकारी पछिल्लो समयमा नयाँ पुस्ताको नेपाली सुगम गीत तथा संगीतका क्षेत्रमा प्रवेश भएकाले त्यसको राम्रो विकास तथा व्यावसायिक बन्दै गएको विचार व्यक्त गरे ।

प्राज्ञ श्रवण मुकारुङले क्यासेटमा स्वदेशी मौलिकता र सामाजिक विषयवस्तुलाई समेटिएका गीति भावना रहेको हुँदा लोकप्रिय बन्ने विश्वास व्यक्त गरे ।