राजनीति

काँग्रेसभित्र पारदर्शीता आवश्यकः नेता सिटौला

इनरुवा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताएका छन् । काँग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्र पादर्शीता भयो भने पार्टी आफैँ अगाडि बढ्ने बताए । उनले पार्टीलाई सबै कार्यकर्ताले थाहा पाउने गरी पादर्शी बनाउनुपर्ने, लोकतान्त्रिकीकरण गर्नुपर्ने बताए ।

उनले काँग्रेसबिना देशको विकास सम्भव नभएका कारण देश विकास गर्न काँग्रेसको काँधमा थप बढी जिम्मेवारी आएको बताए । नेता सिटौलाले संघ तथा प्रदेशसभा निर्वाचनमा पराजित हुँदैमा काँग्रेस कमजोर नभएको बताए ।