आर्थिक

माछापुच्छ्रेका थप ३ शाखा रहित बैँकिङ्ग सेवा संचालनमा

काठमाण्डौ । माछापुच्छ्रे बैंकले बाँके, बर्दिया र कास्कीमा ३ शाखा रहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । बाँकेको बैजनाथ गाउँपालिका –५, बनकटुवा र बर्दियाको वासगढि नगरपालिका–१, बबई साथै २०७५ बैशाख २ गते कास्कीको माछापुछ्रे गाउँपालिका वडा नं–७, धम्पुस गरी ३ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा बाँके र बर्दियामा २ शाखा रहित बैँकिङ्ग सेवा सुचारु गरेको हो । यो सहित माछापुछ्रे बैंकको हालसम्म १८ शाखा रहित बैँकिङ्ग सेवा सुचारु भईसकेको बैकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द«हरुबाट खाताखोल्ने, रकम जम्मागर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापनागर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदानगर्ने तथा वित्तीय साक्षारता अभियान संचालनगर्दै आएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८शाखा रहित बैँकिङ्ग सेवा समेत गरी जम्मा ८४ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैँकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।