समाचार

पशुलाई पनि श्रद्धान्जलि !

काठमाडौँ । विसं २०७४ भरि विश्वभर मरेका र मारिएका सबै प्राणीको सम्झनामा यहाँ दीप प्रज्ज्वलन गरिएको छ ।

‘अर्थलिङ कन्डोलेन्स मेसेज’ (प्राणी श्रद्धान्जलि सभा) नाम दिइएको सो कार्यक्रममा मैनबत्ती बालेर श्रद्धान्जलि प्रकट गरिएको थियो ।

नेपाल शाकाहारी संघलगायत प्राणी कल्याणसम्बन्धी संस्थाको प्रयासमा काठमाडौंको रानीपोखरीस्थित सो¥हहाते गणेशअघि शुक्रबार आयोजित सो कार्यक्रममा श्रद्धान्जलिको व्यहोरा सबैले बाचन गरेका थिए ।

चार वर्षदेखि आयोजना गरिँदै आएको सो कार्यक्रमका सहभागी तथा शाकाहारी अभियन्ता विकेश श्रेष्ठले संसार सबैको साझा घर भएको र आजको विश्वमा प्राणीमाथिको हिंसा रोकिनुपर्ने बताए ।

कार्यक्रममा सञ्चारकर्मी रीता लिम्बुले भनिन्, ‘ढुंगे युग सकिएकाले अब हिंसाबिना बाँच्न सकिन्छ । मानव जातिले सबै प्राणीमाथि गरेको हिंसाका लागि हामी लज्जित छौं । सोही कारण सबै प्राणीप्रति श्रद्धान्जली व्यक्त गर्न हामी उपस्थित भएका हौं ।’