देश

आगलागीबाट १६ घर जलेर नष्ट

कलैया । बारा गढीमाई नगरपालिका–५ गबई गाउँ दलित बस्तीमा आज दिउँसो आगलागी हुँदा १६ घर जलेर नष्ट भएको छ ।

धाइजन बस्ने भजन महरा चमार र रामविश्वास महरा चमारको घरमा अचानक आगलागी हुँदा सो आगो छिमेकीसमेत गरी १६ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कलैया, वीरगञ्ज, कोल्भीबाट आएका वारुणयन्त्र र स्थानीय वासिन्दाको सहयोगबाट आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट मानवीय क्षति नभएको र धन सम्पत्तिको क्षतिको विवरण आई नसकेको प्रहरीले बताएको छ ।