राजनीति

काँग्रेसमा आन्तरिक सुधार अन्तयन्त जरुरी छः नेता पौडेल

धुलिखेल । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार काभ्रेपलाञ्चोकको बनेपामा रामभक्त कोख श्रेष्ठ स्मृति सिरपाः प्रबन्ध समितिले आयोजना गरेको १६ औँ साधारणसभा तथा सम्मान कार्यक्रममा उहाँले राष्ट्रलाई सही दिशामा लैजानका लागि पार्टीलाई पहिला सुधार गर्न आवश्यक रहेको बताएका हुन् । काँग्रेस सुधार हुन सके मत्रै राष्ट्र सुधार हुने नेता पौडेलको भनाइ छ ।

नेता पौडेलले सुधारको अभियान आफूबाट शुरुआत गर्नुपर्ने जरुरी रहेको बताउँदै यसको शुरुवात काँग्रेसबाटै गर्ने बताए । “म भन्न चाहन्छु, पहिला काँग्रेसीलाई सुधार गरेर र राष्ट्रलाई समेत सुधार गर्ने जिम्मेवारी काँग्रेसले लिनुपर्छ ।”
कार्यक्रममा राजनीतिक विश्लेषक पुरुषोतम दाहाल, काँगे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्य, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत, समितिका अध्यक्ष हरिभतm भोछिभोयालगायतले प्रजातन्त्र स्थापनामा बनेपालीकोे योगदानबारे विचार व्यक्त गरेका थिए ।

योद्धालाई सम्मान
कार्यक्रममा राणा शासनको अन्त्य तथा प्रजातन्त्र स्थापना गर्न योगदान पु¥याएका योद्धा ९२ वर्षीय गोपालदास बादे श्रेष्ठलाई सम्मान गरिएको छ ।

उनलाई नगद रु २५ हजारसहित दोसल्ला र सम्मानपत्रद्वारा वरिष्ठ नेता पौडेलले उनलाई सम्मान गरेका हुन् ।