समाचार

पूर्ब बिशिष्ट ब्यक्तीका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न गृह मन्त्रालयको कडा निर्देशन

काठमाण्डौ । आईजी नियुक्त भएको केहिदिन हुन नपाउदै गृहमन्त्री रामबहादुर थापाले ३ सय १छ जना बिशिष्ट प्रहरीका सुरक्षर्थ खटिएका प्रहरीलाई फिर्ता बोलाउने निर्देशन दिएका छन् ।
पूर्ब आईजीपी, पूर्ब एआइजी, गृहसचिब लगाउतका पूर्ब बिशिष्ठ ब्यत्तीहरुले सुरक्षकर्मीको दुरुपयोग गरेको समाचार आईरहेका बेला गृहमनत्री थापाले लिखित निर्देशन मार्फत शुक्रबार पूर्ब बिशिष्ट ब्यक्तीकोमा रहेका सुरक्षकर्मी फिर्ता गर्न प्रहरी प्रधान कार्यालयलाई दिएको गृहमनत्री थापाको सचिवालयले जनाएकोे छ ।
गृहमन्त्रालयले गरेको परिपत्रमा सात दिनभित्र फिर्ता गरि सोको जानकारी गृहमन्त्रालयमा दिन आदेश समेत दिएको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुमतिमा सुरक्षाको थ्रेट भएमा पूर्ब बिशिष्ट अधिकारीलाई सुरक्षाको लागी बहालवाला प्रहरी खटाएपनि यसको दुरुपयोग गरेको र फिर्ता बोलाउनुपर्ने भन्दै नागरिकमा यसको आलोचना हुंदै आएको थियो ।

शसस्त्र प्रहरीले समेत राजनीतिक दलका नेता, पूर्ब गृहसचिब, पूर्ब न्यायाधीश लयायतको घरमा सुरक्षाको लागी भन्दै नेपाल प्रहरीमा जस्तै ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालित भएको गृहमा रिपोर्ट देखिन्छ ।