मनोरञ्जन

धुर्मुस–सुन्तली अहिले सबैको मनमा बस्न सफल

काठमाण्डौ । चर्चित हाँस्य कलाकारबाट समाजसेवीको परिचय बनाउन सफल भएका सिताराम कट्टेल र कुञ्जना घिमिरे सामाजिक कार्यका कारण अहिले श्रद्धाका पात्र बनेका छन् ।

देश तथा विदेशमा रहेका सहयोगी मनहरुलाई संगाल्दै सामाजिक काममा सक्रियता जनाईरहेका धुर्मुस–सुन्तली अहिले सबैको मनमा बस्न सफल भएका छन् ।

हास्य टेलिश्रृंखला मेरी बास्सै भन्दा सामाजिक कामले नै उनीहरुको जीवनमा ठुलो महत्व पाएको छ । किनकी भूकम्पपछि मनोरञ्जनभन्दा मानिसहरुलाई आवासको आवश्यकता थियो ।

त्यसैले भूकम्प पिडितलाई सकेजति सहयोग गरेर । मानवता र सद्भावका लागि भन्दै मधेसको अति पिछडिएको मुसहर समूदायका लागि एकिकृत बस्ती बनाए । अब उनीहरु देशभरका अधिकाँश जातजातिका अति विपन्न परिवारलाई एक ठाउँमा राखेर नमूना नेपाल बनाउने सपना देख्दैछन् धुर्मुस–सुन्तली।

यसैक्रममा नमुना बस्ति बनाउदाको त्यो क्षण यसरी सम्झीन्छिन कुन्जना घिमिरे। उनि भन्छिन, ‘स्वर्ग, आनन्द, खुसि खोज्न अन्त कतै जानु पर्दैन अरुलाई सेवा गरे पुग्छ। तपाई पनि यदि खुसि र आनन्द लिन चाहनुहुन्छ भने अरुलाई सहयोग गर्ने बानी बसाल्नुहोस्।’

उनि भन्छिन, ‘नमुना बस्ति बनाउने क्रममा कति दुख पाए, सकारात्मक-नकारात्मक प्रतिक्रियाहरु पनि आए, कत्तिले पैसा खाने दाउ भन्नसमेत पछि परेनन्। ति दिनहरुमा आफु कतै पनि बिचलित नभई डटेर लागि परे। नराम्रो सोच भएकाहरुको सोच बदल्न भए पनि गरेर देखाए। त्यसैले त आज धुर्मुस सुन्तलीलाई चाहने धेरै छन्। सबै ठाउँमा धुर्मुस सुन्तली चाहिन्छ भन्नेहरु बटुल्न सफल भएकी छु। यहि नै खुसि हो, यहि नै स्वर्ग हो।’