आर्थिक

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंककोे चैत्र २८ गते बसेको ३७० औं संचालक समितिको बैठकले सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ती गर्ने निर्णय गरेको छ ।

२१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्गसुरु गरेका थिए । सो पश्चात शर्माले एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदैं नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छे« बैंकमा यस अघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए ।

बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मालाई कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छ । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।