राजनीति

नेबिसंघ पुर्बाञ्चलको अध्यक्षमा भण्डारी

काठमाण्डौ । नेपाल विद्यार्थी संघ पुर्वाञ्चल बिश्वबिधालयको आम भेला सम्पन्न भएको छ । उक्त भेलाबाट नेपाल विद्यार्थी संघ पुर्बान्चल बिश्वबिधालयमा अध्यक्षमा लोकेन्द्र भण्डारी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अर्जुन बमले जानकारी दिए ।

बिगत लामो समयदेखि कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका विद्यार्थी नेता लोकेन्द्र भण्डारीलाई आम भेलाबाट नेबिसंघ पुर्बाञ्चल बिश्वबिद्धालय समन्वय समितिका पुर्ब अध्यक्ष नेबि संघ केन्द्रीय सदस्य उज्वल घिमिरेले माइनुट हस्तान्तरण गरि अध्यक्ष को जिम्मेवारी सुम्पेका थिए ।

उक्त भेलाले उपाध्यक्षमा बायोमेडिकल कलेजका सभापति राजेस्वर कमली, अर्का उपाध्यक्षमा एसियन कलेजका बि.के बस्नेत, पुर्बान्चल केन्द्रीय क्याम्पसका पन्कज घिमिरे, हिस्ट कलेजका कनक देबकोटा, कान्तिपुर सिटिका बिदेश ओलि, होप इन्टरनेशनल कलेजका सभापति भरत बुढा चुनिएका छन् ।

यसै गरि सचिवमा हिलसाइड कलेजका अन्जन चालिसे र कोषाध्यक्षमा हिस्ट कलेजकि रमिला श्रेष्ठ, सहसचिवमा सुवाश गहतराज, बिश्वास अर्याल, योगेश भट्ट, पुजा त्रिपाठी, सुशील श्रेष्ठ चयन भएका छन् । बाँकी केन्द्रीय समितिका सदस्य पहिलो बैठकले मनोनयन गर्ने भएको छ। उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता हिमालदत्त श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष सागर परियार, केन्द्रीय कोषाध्क्ष शिव रिमाल केन्द्रीय सदस्य सुशील तिमिल्सिना, अर्जुन बम, भोला नेपाल, पुनम लामा, खडक बि.सी., सारदा लामा, कल्पना खड्का, प्रेमिका रानामगर , ममता महतो, सुनिता पोख्रेल, एलिजा ढकाल, लिखितम श्रेष्ठ, महेन्द्र हमाल विद्यार्थी नेता लगायत पुर्बाञ्चल बिश्वबिद्यालयका विद्यार्थीहरुको बाक्लो उपस्तिथि थियो।