मनोरञ्जन

हेटौंडाकी श्रृंखला खतिवडाले परिरिईन् मिस नेपालको ताज

काठमाण्डौ । हिडन ट्रेडरको आयोजनामा सम्पन्न भएको बुधबारको मिस नेपाल प्रतियोगीतामा २५ प्रतियोगीलाई उछिन्दै श्रृंखला खतिवडाले उपाधी जितेकी छन् ।
हेटौंडाकी २२ बर्षीया खतिवडा २० देखि २५ बर्षीय सहभागीमध्येबाट मिस नेपालको रुपमा चुनिएकी छन् । काठमाण्डौमा आज आयोजना गरिएको उक्त प्रतियोगीतामा गोरखाकी मनिता देशकोटा मिस नेपाल युनिभर्स, काठ्माण्डौकी प्रीया सिग्देल मिस नेपाल अर्थ र काठमाण्डौकै रोनाली अमात्य मिस नेपा ईन्टरनेशनलको उपाधि जित्न सफल भएका छन् ।