आर्थिक

एनआईसी एशिया लघुवित्त वित्तीयको अध्यक्षमा अर्जुनराज खनिया

काठमाण्डौ । एनआईसी एशिया बैंकले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआई सी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चाकलहरु मनोनित गरेको छ ।

नयाँ सञ्चालक समितिमा अर्जुन राजखनियाँलाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको छ । अध्यक्षश्री खनियाले नेपालराष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसादपौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् । श्री खनियाले एनआई सी एशिया बैंकको मुख्यजनसम्पर्क अधिकृतको रुपमाकार्यरत हुनुका साथै उनले बैंकको योजना तथा रणनीति तर्जुमा एवं कार्यान्वयनमा अत्यन्त कुशल भूमिका निर्वाह गर्दै आएका छन् ।

भेरी अञ्चलको जाजरकोट खलंगामा केन्द्रीय कार्यालय स्थापनागरि यही मंसिर १२गते देखि सञ्चालनमा आएको लघुवित्त वित्तिय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेज राजतिमिल्सिना र पदम ठकुल्ला रहेका छन् ।