स्वास्थ्य

प्रजनन अधिकार हनन भएमा क्षतिपूर्ति

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले प्रजनन स्वास्थ्यसम्बन्धी ऐन महिलाको जीवनोपयोगी हुने गरी बनाइने बता एकी छन् ।

महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक’ माथि छलफल कार्यक्रममा उनले महिलाको प्रजनन अधिकारलाई ऐनले अझ बढी संरक्षण गर्ने बताईन् । उनले विधेयकको मस्यौदा चाँडै बनाउन निर्देशन दिएको भन्दै अब संसद् चल्नेबित्तिकै पेश गर्ने बताईन् ।
कार्यक्रममा मन्त्रालयका निमित्त सचिव सुशील प्याकुरेलले महिलाका प्रजनन अधिकारलाई बढी सुनिश्चित हुने तरिकाले विधेयक तयार भइरहेको र सबैको सुझावका आधारमा विधेयकको मस्यौदालाई अन्तिम रुप दिन थालिएको जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयका उपसचिव विनिता भट्टराईले सुरक्षित गर्भपतन र मातृत्व तथा परिवार नियोजनको अधिकारलाई स्थापित गराउने गरी विधेयक बनाइनुपर्ने बताईन् । मञ्चका अध्यक्ष मीरा ढुंगानाले महिलालाई उचित क्षतिपूर्तिका साथ विधेयक बनाउनुपर्ने बताईन् ।
संविधानको धारा ३८ को २ ले महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक अधिकारका रुपमा लिएको छ । विधेयकमा प्रजनन अधिकार हनन भएको अवस्थामा क्षतिपूर्तिसमेतको व्यवस्था समेट्न थालिएको छ ।