खेलकुद

पर्शुराम र रशिलालाई स्वर्ण

काठमाडौं । मिनी म्याराथनको महिला १८–३० वर्ष उमेरसमूहमा रशिला तामाङ आइतबार पहिलो भएकी छन् । निता तामाङ दोश्रो र सुदीपा खकुरेल तेश्रो भए ।
क्रिस्टिएन स्पोर्ट्स फेलोसिपद्वारा आयोजित प्रतियोगिताको महिला ३१–४५ वर्षमा विजयाकला राई पहिलो र सविना थापा दोश्रो भए ।
पुरुष १८–३० वर्षमा नोर्बु तामाङ पहिलो, दीपेन्द्र पलान्चोके दोश्रो र दिब्यप्रकाश राई तेश्रो बने । पुरुष ३०–४५ वर्षमा प्रधान्त भण्डारीले स्वर्ण, शैलेश महर्जनले रजत र निरोज महर्जनले कांस्य जिते । पुरुष ४० वर्षमाथि हेमलाल गौतम र सबस्टिएन लेप्चा क्रमशः पहिलो र दोश्रो स्थानमा रहे ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापाले एक कार्यक्रमबीच उद्घाटन गर्नुका साथै विजेतालाई पनि पुरस्कृत गरेका थिए । ६५ प्रतिस्पर्धी सहभागी प्रतियोगिताको सबै स्पर्धा ८।५ किलोमिटर दूरीको थियो ।

नेपालका पर्शुराम बाँस्तोलाले जर्मनीमा भएको आराजावा कप कराते प्रतियोगिताको मास्टर्स एकल कातामा स्वर्ण जितेका छन् । पर्शुरामले सेमिफाइनलमा इरानलाई ४–१ त्था फाइनलमा आयोजक राष्ट्रका खेलाडीलाई ३–२ ले पराजित गरेका थिए ।
सिनियर एकल कातामा भने पर्शुराम पदकविहीन रहे । अर्का खेलाडी दिगम्बर पन्त ८४ केजीमाथि पदकविहीन बने ।