अन्तर्राष्ट्रिय

अदालतद्वारा सलमान खानलाई जमानत

जोधपुर, भारत । भारतको एक अदालतले सन् १९९८ मा दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित भारतीय अभिनेता सलमान खानलाई जमानतमा रिहा गर्न अनुमति दिएको उनका वकीलले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमसँग वकील महेश बोहोराले भने, एक जना न्यायाधीसले जमानतका लागि स्वीकृति दिँदै हस्ताक्षर गर्नुभएको छ । सम्भवत उनी शनिबार नै जोधपुर जेलबाट छुट्नेछन् ।

विश्वका केही धेरै पारिश्रमिक लिने अभिनेतामध्येका सलमान खानलाई बिहीवार राजस्थान राज्यको जोधपुरस्थित एक अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेलसजाय सुनाएको थियो भने १० हजार रुपैयाँ जरिवाना गराएको थियो ।