अन्तर्राष्ट्रिय

ब्राजिलका पूर्वराष्ट्रपति लुला सुरक्षाकर्मीको नियन्त्रणमा

ब्रासिलिया । ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । ब्राजिलको प्रहरीसमक्ष आत्मसमर्पण गर्न दिइएको समय सीमाभित्र उनले आत्मसमर्पण नगर्नु भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

झण्डै १२ वर्ष पुरानो विषयलाई लिएर लुलाले भ्रष्टाचारसम्बन्धी मुद्दा झेल्दै आआएका छन् भने त्यसलाई उनले अस्वीकार गरेका छन् ।

आउँदो अक्टोबरमा हुने भनिएको राष्ट्रपतीय निर्वाचनलाई मध्यनजर गरेर उनी विरुद्धको भ्रष्टाचारको मुद्दा आएको बताइएको छ ।

भ्रष्टाचार र स्रोत नखुलेको सम्पत्तिसम्बन्धी मुद्दामा लुलामाथि सरकारी तबरबाट अनुसन्धान भइरहेको छ ।

एउटा सरकारी भवन निर्माणसम्बन्धी सम्झौतामा उनले आफ्नो पक्षको कम्पनीलाई दिलाउने कार्यमा संलग्न भएको आरोप उनलाई लागेको छ ।

ब्राजिलको वर्कर्स पार्टी ९पिटी०ले पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वराष्ट्रपति लुलालाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदबार बनाउने घोषणा गत जनवरीमै गरेको थियो ।

ब्राजिलमा आगामी अक्टोबरमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने तय गरिसकिएको छ ।

निर्वाचन पूर्वका सर्वेक्षणले आफ्ना प्रतिस्पर्धीका विरुद्धमा लुलाले नै सुविधाजनक र स्पष्ट जीत हासिल गर्ने देखाएका छन् । उनको सहभागिता बिनाको निर्वाचनको थोरै पनि कल्पना गर्न नसकिने उनीहरूको भनाइ छ ।