आर्थिक

९५ करोडको लागतमा सम्पन्न गरी शुरु गरिएको भाटभटेनी सुपरमार्केटमा भीषण आगलागी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजेदेखि आगलागी भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइ रहेको छ ।

भाटभटेनी सुपरमार्केटको चौथो र पाँचौँ तलामा आगलागी भएको छ । आगलागी विद्युत् (सर्ट)चुहिएर भएको बताइएको छ तर यकिन भएको छैन । सो सुपरमार्केट गत वर्षदेखि रु ९५ करोडको लागतमा सम्पन्न गरी शुरु गरिएको थियो ।

सुपरमार्केट खुलेको एक बर्ष पनि नहुंदै उक्त सुपरमार्केटमा आगलागी भएको हो ।