पु.समाचार

घाँस काट्न गएका दुई महिला मृत्त भेट्टिए

नुवाकोट । पञ्चकन्या गाँउपालिका–३ का दुई महिला घाँस काट्न गएको समयमा एकै स्थानमा मृत्त भेट्टिएका छन् ।

स्थानीय ३६ वर्षीया मोनिका थापा र ३० वर्षीया देवकी पराजुली शुक्रबार घाँस घाट्न गएको र फर्केर नआएपछि खोजी गर्ने क्रममा आज बिहान मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

प्रहरीको अनुसार दुवै जना पञ्चकन्या–६ भदु्रटारस्थित जंगलमा मृत्त भेट्टिएका हुन् ।

पराजुलीको हातलाई थापाले सिरानी बनाएको अवस्थामा दुवै मृत्त भेट्टिएको र शव भएको स्थान नजिकै विषादीको भाडो समेत देखिएकाले मृत्यु विष सेवन गरी वा अन्य कारणले भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।