राजनीति

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको थियो ।

भ्रमणको कार्यसूचीअनुसार शनिबार अपराह्न उनीहरुबीच द्विपक्षीय वार्ता हुने छ ।