सूचना प्रविधि

सामसङद्वारा “२०७५ साल सामसङ अफर बबाल” अफर

काठमाण्डौ । संसारको सबैभन्दा विश्वसनीय ब्राण्डहरुमध्येको एक, सामसङ व्यक्तिगत जीवनलाई सहज बनाई सामाजिक समृद्धिको निम्ति विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा आविष्कारको माध्यमले नवीन र प्राविधिक रुपमा सक्षम भविष्य निर्माण गर्न प्रतिबद्ध छ ।

नेपालको सर्वाधिक बिक्री हुने स्मार्टफोन कम्पनी, सामसङले नयाँ वर्ष २०७५ आगमनलाई लक्षित गर्दै आफ्नो “२०७५ साल सामसङ अफर बबाल” घोषणा गरेको छ ।

“नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर्दै हामीले हाम्रा उपभोक्ताहरुका लागि यो नयाँ अफर ल्याएका छौँ । हामी विश्वस्त छौँ यसले सकारात्मक प्रभाव पार्दै उहाँहरुसँगको हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउनेछ,” सामसङ मोबाइल शाखा प्रमुख प्रणय रत्न स्थापितले भने ।

योजनाअन्तर्गत, सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताहरुले विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । अब उपभोक्तालेGalaxy Tab S3  को खरिदमा लेभल बक्स स्पिकर, S8/ S8± को खरिदमा लेभल यु फ्लेक्स तथा Note 8 को खरिदमा एक बोटल स्पिकर सित्तैमा पाउँनेछन् ।

उक्त उपहारहरुसँगै सामसङले आफ्ना अन्य लोकप्रिय मोडलहरुमा भारी छुटको व्यवस्था पनि गरेको छ ।

रु ६०९० को छुट सहित Note 8 जसको वास्तविक मूल्य रु १०२,९९० रहेको थियो अब रु ९६,९०० मा उपलब्ध हुनेछ । साथै, रु ७००० को छुटसँगै S8± को मूल्य रु ८६,९०० बाट रु ७९,९०० तथा S8 को मूल्य रु ७६,९०० बाट रु ६९,९०० तय गरिएको छ ।

त्यसैगरी, रु २००० को छुट सहित व्ठ एचय र J7 Prime 2 को मूल्य क्रमशः रु ३२,९०० बाट रु ३०,९०० तथा रु २८,२९० बाट रु २६,२९० तोकिएको छ । J7 Prime 2 को मूल्य अब रु २७, ९९० र J7 Nxt (32 GB)   को मूल्य रु २०,९९० निर्धारित गरिएको छ जसको मूल्य क्रमशः रु २८,९९० र रु २१,९९० रहेको थियो भने रु १२०० को छुट सहित On Nxt को मूल्य रु २५,१९० बाट रु २३,९९० तय गरिएको छ ।

बजारमा नवीन तथा आकर्षक अफरहरु ल्याउने ठूला ब्राण्डहरुमा सामसङ पनि पर्दछ । यस “२०७५ साल सामसङ अफर बबाल” योजना दुवै कम्पनी तथा उपभोक्ताका लागि लाभदायक हुने अपेक्षा गरिएको छ ।