खेलकुद

एन्फाको मकवानपुर अध्यक्षमा लामासहित ९ बिजयी

काठमाण्डौ । मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टिकाराम लामाको अध्यक्षमा निर्बाचित भएका छन् । लामा निर्बिरोध निर्बाचित भएको अखिल नेपाल फुटबल संघका प्रतिनिधि संजिब मिक्षले जानकारी दिएका छन् ।

कर्माछिरिङ शेर्पा पक्षका प्रत्यासी लामासंग अर्को पक्षले भीड्ने आंट नगरी उमेर्द्वारी नै नदिएपछि उनीसहित ९ जनाको कार्यसमिति निर्बिरोध निर्बाचित भएको छ ।

चैत्र ५ गते निर्बाचनको मिति तोकेर बिजयी भएका लामालाई अर्को पक्षले मान्यता नदिई निर्बाचन सारेको घोषणा गरेको थियो । बिबाद बढेपछि उच्च अदालत पाटनमा मुद्धा समेत परेको थियो । अदालतले तत्कालका लागि रोक्न आदेश दिएपछि एन्फाले चैत १४ गते तोकेको मिति समेत सरेको थियो ।

मकवानपुरको निर्बाचन सकिएको छ भने भक्तपुरको निर्बाचन भने चैत २७ गते गर्ने एन्फाको निर्णय छ ।
बरिष्ठ उपाध्यक्ष मणी कुंवर र पूर्ब उपाध्यक्ष कर्माछिरिङ शेर्पाबीच भीडन्त हुने सम्भाबना देखिएको एन्फा केन्द्रीय संघको निर्बाचन भने बैसाख पहिलो सातामात्र कन्फर्म हुने स्रोतको दाबी छ ।