अन्तर्राष्ट्रिय

वलिउड अभिनेता सलमानलाई पाँच वर्ष जेल सजाय

जोधपुर, राजस्थान । भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय तोकेको छ ।

तर अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका उहाँका साथीहरू सैयफ अली खान, तावु, नीलम र सोनाली बेन्द्रलगायतलाई भने सफाई दिएको छ ।

करिब २० वर्ष पहिले हिन्दी सिनेमा ‘हम साथ साथ हें’ को सुटिङको शिलशिलामा सलमानसहितका चार कलाकार र स्थानीय दुश्यन्त सिंहले दुर्लब कृष्णसार मारेको आरोपमा मुद्दा चलेको थियो ।

सलमान खानले पाँच वर्ष जेल सजाय र १० हजार जरिवाना तोकिएको अभियोजक महिपाल विस्नोइले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिए ।

अभिनेता सलमान खानलाई वन्यजन्तु संरक्षण ऐनको दफा ९ (५१) अनुसार अधिकतम छ वर्षको जेल सजाय हुनेगरी दोषी ठहर गरिएको छ ।

उक्त मुद्दाउपर अन्तिम सुनुवाई गत मार्च महिनामा भएपनि प्रमुख न्यायाधीश देव कुमार खत्रीले निर्णयलाई तत्काल सार्वजनिक नगरी रोकेर खाखेका थिए ।

सलमानको मुद्दाका विरुद्ध बहस गरेका सरकारी वकीलका अनुसार सवै कलाकार सलमान खानद्वारा चलाएको जिप्सी (गाडी)मा रातीमा यात्रा गरिरहेका समय कृष्णसारको समूह देखेपछि त्यस समूहका दुई मृगलाई मारेका थिए ।

सलमान खान बिहीबार कालो सर्टमा उनको सहयोगीसहित अदालत पुगेका थिए।