आर्थिक

सन्राइज बैंक र गोरखा डिपार्टमेन्टबीच १० प्रतिशत खरीद छुट दिने सम्झौतामा हस्ताक्षर

काठमाडौं । सन्राइज बैंक र गोरखा डिपार्टमेन्ट स्टोर विच नेपाल अधिराज्य भित्र संचालनमा रहेका गोरखा डिपार्टमेन्ट स्टोरहरुमा कुनैपनि सामान खरिदमा १० प्रतिशत सम्म नगद छुट सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सन्राइज बैंककातर्फ बाट विराटनगर शाखाका शाखा प्रबन्धक सुमन भट्टराई र गोरखा डिपार्टमेन्ट स्टोरका तर्फबाट प्रबन्ध निर्देशक वलराम आचार्यले मंगलबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण ५ वटा शाखाहरुबाट सन्राइज बैंकको भिसा डेविट तथा क्रेडिट कार्ड बाट हुने कारोवारमा ग्राहकहरुलाई हरेक सामान खरिद गर्दा १० प्रतिशत नगद छुट प्रदान गरिने छ ।

बैंकमा खाता नभएका ग्राहकर्वगहरुले पनि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण शाखाहरुबाट तुरन्त प्रिपेड डेविट कार्ड प्राप्त गरि छुटको सुविधा उपभोग गर्न सकिनेछ । यो योजना २०७५, बैशाख १ गते देखि गोरखा डिपार्टमेन्ट स्टोरमा गरिएका सम्पुर्ण खरिदहरुमा लागु हुनेछ ।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकले यो योजना ल्याएको हो । यस किसिमको योजनाबाट ग्राहकवर्गहरु थप लाभान्वित हुने र कारोवार पनि सुरक्षित हुनेमा बैंक विश्वस्त छ ।