मनोरञ्जन

हिमाली जनजीवनको ‘म्हेन्दू’ चलचित्र बन्ने

काठमाडौँ । हिमाली जनजीवनका विविध पक्षलाई समेटेर ‘म्हेन्दू’ (राम्री वा प्यारी) शीर्षक चलचित्र निर्माण हुने भएको छ ।
डोल्पाको शे–फोक्सुण्डोदेखि माथिल्लो भेग कान्जिरोवा हिमालपारि (उपल्लो डोल्पा) का विभिन्न स्थानमा छायांकन गरिने चलचित्रमा स्थानीयवासीका दुःख, पीडा, सामाजिक पक्ष, संस्कृति, रीतिरिवाजलगायत विषय रहनेछ । करिब रु एक करोड २५ लाखको लागतमा बन्ने चलचित्रमा सोनु राई, बाबुराम शाक्यलगायत कलाकारको सहभागिता रहने छ । अर्जुनप्रसाद डोटेल र रामकृष्ण अधिकारी निर्माता रहेको चलचित्रले स्थानीय वेशभूषा, सम्पदा, पर्यटकीय स्थलबारेमा पनि जानकारी दिन केही दृष्य छायांकन गर्ने
छ ।
आज आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा सबै जाति, समुदायका संस्कृतिलाई सरकारले संरक्षण गर्ने बताउँदै स्वदेशी मौलिकता तथा पर्यटन प्रवर्धनका लागि बनेका चलचित्रको प्रवद्र्धनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वरिष्ठ कलाकार नीर शाह, आकाश अधिकारीलगायतले मुलुकमा राजनीतिक परिवर्तनमा चलचित्र क्षेत्रले सहयोग पु¥याएको भए पनि यसले आर्थिक परिवर्तनमा योगदान गर्न नसकेको बताए ।