आर्थिक

प्रोग्रेशिभ फाइनान्सको एक्सटेन्सन काउन्टर उद्घाटन

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्सले एक्सटेन्शन काउण्टर खोलेको छ । ललितपुर जिल्ला, ललितपुर म.न.पा वडा नं. २०, पुलचोक अवस्थीत ललितपुर महानगरपालिकाको हाता भित्र बैंकिङ्ग सेवा प्रदान गर्न केन्द्रिय कार्यालय मातहत रहने गरि एक कार्यक्रमका विच एक्सटेन्सन काउन्टर विधिवत सुभारम्भ गरेको छ ।

उक्त एक्सटेन्सन काउन्टर कार्यक्रमका सभापती प्रोग्रेशिभ फाईनान्सका अध्यक्ष किशोर कुमार महर्जनको सभापतीत्वमा तथा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनद्धारा संयुक्त रुपमा रिबन काटि तथा ताम्रपत्र अनावरण गरि विधिवत रुपमा उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संचालक मुकुन्दप्रसाद दाहालले स्वागत मन्तब्य राखेका थिए । उक्त कार्यक्रम फाईनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँई, फाईनान्सका संचालक सदस्यहरु डा.खडानन्द दुलाल, रणदेवकृष्ण श्रेष्ठ तथा अनिस महर्जन तथा व्यवस्थापनका कर्मचारी, वडा नं. २० का वडा अध्यक्ष चन्द्रलाल महर्जन, ज्यापु समाज यलका अध्यक्ष प्रेम महर्जन, ज्यापु समाज यलका पूर्व अध्यक्ष कुललाल डंगोल, नेपाल ईंटा उद्योग महासंघका उपाध्यक्ष रामकाजी अवाले, अधिवक्ता मंगल महर्जन, छाबहाल टोलका अध्यक्ष सानु महर्जन, ललितपुर ईंटा उद्योग संघका अध्यक्ष प्रेमकृष्ण महर्जन, ज्यापु समाज यलका पूर्व वरिष्ठ उपाध्यक्ष तीर्थलाल महर्जन, चार्टर्ड एकाउन्टेन्ट सुमन डंगोल, उद्योग बाणिज्य संघ ललितपुरका अध्यक्ष कृष्णलाल महर्जन, नेपाल हिरा तथा जवाहारात आभुषणका महासंघका अध्यक्ष रमेश महर्जन, ललितपुर जिल्लाका उद्योगि, व्यापारि, समाजसेवी, राजनीतिज्ञ, सहकारी क्षेत्रका व्यक्तित्वहरु तथा स्थानिय व्यक्तित्वहरुले आफ्नो धारणा राखेका थिए ।

सो अवसरमा पद्यमावती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  नेमवीर शाक्य, ललितपुर महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष चन्द्रलाल महर्जन, ज्यापु समाज यल का अध्यक्ष प्रेम महर्जन तथा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनज्यूले शुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त अवसरमा फाईनान्स का अध्यक्ष किशोर महर्जनज्यूले उपस्थितलाई वित्तीय संस्थाको आवश्यकताका बरेमा तथा यस काउन्टर कार्यालयले यस क्षेत्रमा दिने वित्तीय सेवाका बारेमा जानकारी गराए ।

फाईनान्सको एक्सटेन्सन काउन्टरबाट सेवाग्राहीहरुले दस्तुर संकलन, बचत/निक्षेप जम्मा तथा भुक्तानी, विभिन्न कम्पनीका रेमिट्यान्स सम्बन्धि कारोबार लगायतका सेवा दिने छ । फाईनान्सको हाल पाको न्यूरोडमा केन्द्रिय कार्यालय रहेको छ तथा काभ्रको बनेपा नगरपालीका पुलबजारमा एक शाखा कार्यालय संचालनमा रहेको छ भने ललितपुरको महालक्ष्मीस्थानमा तथा भक्तपुरको थिमिमा समेत एक्सटेन्सन काउन्टर संचालनमा रहेको छ । यसरी हाल फाईनन्सले केन्द्रिय कार्यालय, शाखा कार्यालय तथा काउन्टर कार्यालय गरि ५ स्थानबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।