मनोरञ्जन

मदनकृष्ण पत्नी योशोदाको अन्तिम संस्कार सम्पन्न, यमनले दिए दागबत्ती

काठमाण्डौ । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा सुबेदीको पशुपति आर्यघाटमा मंगलबार दाहसंस्कार गरिएको छ । क्यान्सर रोगले पीडित भएकी कलाकार पत्नी सुबेदीको सोमबार राती मृत्यु भएपछि कलाकारीता जगत नै स्तब्ध भएको थियो ।

ललितपुरको हरिसिद्धिस्थीति क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएकी सुबेदीको मलामीमा कलाकार तथा शुभचिन्तकहरुको भीड लागेको थियो । मदनकृष्णका परममित्र हरिबंश आचार्यले सम्झाउने प्रयास गरेपनि उनी आँशुसहित भावह्विल भएको देखिन्थ्यो ।
यासोदाका पुत्र यमन श्रेष्ठले अन्तिम संस्कारका लागि दागबत्ती दिएका थिए ।