पु.समाचार

बोतलले हानेर ज्यानमार्ने ज्यानमारा सिआईबीको फन्दामा

काठमाण्डौ । बोतलले हानी फरार रहेका गोकुल केसीलाई प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरोले पक्राउ गरेको छ । ०७० साल असार २७ गते तिनथानाको ढुंङ्गे अड्डा स्थित सडक किनारामा राम थापालाई कोकको बोतल र फलामको रडले प्रहार गरी हत्या गरेर फरार रहेका अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिबादी जिल्ला बाग्लुङ्ग पयुंपाटा स्थायी घर भइ ललितपुर झरवारसी पोखरीटार बस्ने उक्त घट्ना पश्चात नेपाल सरहद बाहिर भारतमा लुकी छिपी बस्दै आएका गोकुल केसी खत्री भारतबाट नेपाल आएको भन्ने बिशेष सुचनाको आधारमा यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले मिति आज काठमाण्डौको स्वयम्भुबाट पक्राउ गरेको छ ।

०७० साल असार २७ गते काठमाण्डौं जिल्ला साबिक तिनथाना गाबिस वडा नं. ९ ढुंङ्गे अड्डा स्थित सडक बाटोमा प्रतिबादी गोकुल के.सी.खत्री र दिल बहादुर माझीले राम थापालाई कोकको बोतल र फलामको रडले प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ । ।

घटना पश्चात फरार रहेका प्रतिबादी गोकुल केसी खत्री लाई कानुनी कारबाहीको लागी महानगरीय प्रहरी बृत कालीमाटी बुझाईएको कानूनी कारवाहीका लािग बुझाईएको बताइएको छ । ।