सूचना प्रविधि

सईई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना सार्बजनिक

काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागीभएका परीक्षार्थीहरुकालागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्सभिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदालिन सक्नेछन् । यसका साथैपरीक्षार्थीले विषेश तथा सुलभ डेटा प्याक सँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभलिन सक्नेछन् ।

यो अफर यहि सोमबार (चैत्र १९) देखि लागु हुनेछ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षाप्रवेश पत्र र आफ्नो आमावाबाबुको नागरिकताको फोटोकपिबुझाई नजिकैको एनसेल सेन्टरबाट सिमलिन सक्नेछन् ।
यो योजनाअन्र्तगतसिम खरीदगर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजे देखि अर्को दिनको साँझ ५ बजे सम्म आईफ्लिक्समा रहेका सामाग्रीनिःशुल्कहेर्न सक्नेछन् ।आईफ्लिक्स विश्वका विकासशील बजारहरुकालागि अग्रणी मनोरञ्जन सेवा प्रदायक हो । परीक्षार्थीले आईफ्लिक्समा रहेका कुनै पनिकार्यक्रमतथा भिडियो हेर्न सक्नेछन् ।

पहिलो सिम सुचारु गर्नुहुने ग्राहकले रु ५० वा सो भन्दा बढीको रिचार्ज गरे पछि विनाकुनै अतिरिक्त शुल्कमा इफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभलिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । माइफाइभ समुहमा ३० दिन पछि कलगर्दा प्रतिमिनेट कर बाहेक रु ०.९९ शुल्कलाग्नेछ ।

ग्राहकले एस्ट्रिक्स५५४४ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमाप्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्कलाग्नेछ ।

साथै एक वर्षसम्म रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डेटा र १०० एसएमएस बोनस स्वरुपप्राप्तगर्नेछन् ।बोनस स्वरुपप्राप्त डेटा तथाएसएमएस २४ घण्टाको लगिमान्य रहनेछ ।

यतिमात्र हैन, एसईई परीक्र्र्षाीका लगिल्याइएको विषेश डेटा प्याकले यस योजनालाई थपआकर्षित बनाएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले डे डेटा प्याकअन्तर्गत कर सहितमात्र रु २० मा ३०० एमबि डेटाको मजालिन सक्नेछन् । यो अफर अन्तर्गत परिक्षार्थीले कम्तिमा७ पैसा प्रतिएमबिमा डेटा सेवाको फाइदालिन सक्नेछन् भने कर सहितमात्र रु २० मा नाइट डेटा प्याकअन्तर्गत बेलुका ११ बजे देखिबिहान७ बजे सम्म अनलिमिटेड डेटा सेवाको लाभलिन सक्नेछन् । नाइट डेटा प्याक २४ घण्टाको लागिमान्य रहनेछ । परीक्षार्थीले एस्ट्रिक्स१७१०३ह्यास डायल गरि यो अफर अन्र्तगतको डेटाको लिन सक्नेछन् ।

एसईई २०७४ को परीक्षार्थीहरुकालागि यो विषेश योजनाल्याउनपाउँदाकम्पनीनिकै हर्षित रहेको एनसेलले जनाएको छ । यो अफरले परीक्षार्थीहरुको भ्वाइस, डेटा तथाएसएमएस सेवाको आवश्यकतालाई सम्बोधनगर्दै उनीहरुको मनोरञ्जनको लागि हरेक दिन ३ घण्टा आईफ्लिक्समा रहेका कुनै पनि सामाग्रीनिःशुल्क हेरेर मजालिन सक्नेछन् ।

यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागिमान्य रहनेछ ।