आर्थिक

माछापुच्छ्रेको मोबाइल मनी बजारमा, ग्राहकहरुलाई सुविधै सुविधा

काठमाण्डौ । माछापुच्छ्रे बैंकले अत्याधुनिक सुबिधासहितको एमविएल. मोबाइल मनी बजारमा ल्याएको छ । बैंकले सरल माध्यमबाट बैँकिङ्ग सुविधा प्रदान गर्ने उदेश्यले “हातमा नै बैंक” भन्ने नाराका साथ नयाँ मोबाइल बैँकिङ्गसुरु गरेको जनाएको छ ।

उक्त सेवाका विशेषताहरु इन्टरनेट/GPRS मा आधारित, ग्राहकद्वारा आफै मोबाईलबाट मुद्यति खाता खोल्न सकिने, तालिकाबद्ध भुक्तानी निर्देशन दिन सकिने, अन्तर बैंक रकमान्तर गर्न सकिने, मोबाइल रिचार्ज/टपअप, विल भुक्तानी, ई–वालेट टपअप, क्रेडिट कार्डको भुक्तानीगर्नसकिने आदि जस्ता थुप्रै सुबिधाहरु रहेको बैंकले जनाएको छ। साथै यसको प्रयोग बाट ग्राहकहरुले बैंकका शाखा तथा एटीएमहरु पत्ता लगाउन सकिने, विनियम दर तथा धितोपत्र सम्बन्धि जानकारी प्रप्त गर्न सकिने, सि–आस्वा भर्ने सुविधा तथा यो बैँकिङ्ग कारोवारको सरल, सुरक्षित तथा भरपर्दाे माध्यम भएको समेत जनाएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैँकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैँकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।