खेलकुद

धुर्मुषले ल्याए अन्तराष्ट्रिय स्तरको रंगसाला निर्माण गर्ने नयाँ योजना

काठमाण्डौ । नमूना नेपाल निर्माण गर्ने भनी अभियान चलाएर जनताको नजरमा हाई हाई कमाईरहेका कलाकार तथा समाजसेवी धुर्मुस -सुन्तलीले क्रिकेट खेलाडीहरुका लागि अन्तराष्ट्रिय स्तरको रंगसाला बनाउने बताएका छन् ।

उनले क्रिकेट खेलले अन्तर्राष्ट्रिय स्तरमा सफलता पाईरहेका बेला उनले क्रिकेटको स्तरोन्नतीका लागि गर्नलागेको अन्तर्राष्ट्रिय स्तरको रंगसाला निर्माण गर्ने योजनाले खेलप्रेमी नेपालीहरुको मन मष्तिस्कमा बस्नेछन् ।

धुर्मुष सुन्तली फाउण्डेशनले संयोजन गरेर उक्त रंगसाला निर्माण गरेपनि जग्गा भने सरकारले उपलब्ध गराउनुपर्ने उनको माग छ, उनले भने जनताबाट अन्य सहयोग जुटाउने काम हामी गर्छौं तर जगगा भने सरकारले दिनुपर्छ, पैसा नपुगे थप खर्च समेत सरकारले नै गर्नुपर्ने धुर्मुषको तर्क छ ।