अन्तर्राष्ट्रिय

रुसको आगलागीमा मारिनेमा ४१ जना बालबालिका

मस्को । रसियाको दक्षिणपश्चिमी प्रान्त साइबेरियाको केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा केही दिनअघि भएको आगलागीमा परी ज्यान जानेमा ४१ जना बालबालिका परेका छन् ।

रुसको रिया नोभोस्ति समाचार समितिले बुधबार सो जानकारी दिएको छ । गत आइतबार भएको यस आगलागीमा परी ६४ जनाको ज्यान गएको थियो ।

रुसका स्वास्थ्यमन्त्रीले भेरोनिका स्कभोर्तसोभाले सो कुराको पुष्टि गरेका छन् ।

यसअघि प्राप्त समाचारअनुसार आगलागीमा परी मारिएकामा १३ जना बालबालिका थिए । त्यस्तै त्यसमा परी मारिएकामा २५ व्यक्तिको मात्र परिचय खुलेको मन्त्री स्कभोर्तसोभाले बताएका थिए ।

सो मलमा रहेको चलचित्र प्रदर्शनी हलमा चलचित्र हेर्न आएका बालबालिका सो आगलागीमा परेका प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

केही बालबालिका अझै पनि हराइरहेकाले मृतक बालबालिकाको संख्या बढ्नसक्ने पनि प्रहरीको अनुमान रहेको छ ।