आर्थिक

संचालक समितिको सदस्यमा महर्जन नियुक्त

काठमाण्डौ । यस वित्तीय संस्थाको संचालक समितिले किशोरकुमार महर्जनलाई संचालक समिति सदस्यमा नियुक्त गरेको छ । आईतबार बसेको समितिको बैठक नं ३८३ को निर्णयानुसार संस्थापक शेयरधनीबाट प्रतिनिधीत्व गरेका संचालक समितिका सदस्य सिद्धिगोपाल मानन्धरले दिएको राजिनामा स्वीकृत गरि उक्त बैठकबाट निजको स्थानमा शेयरधनी किशोर कुमार महर्जनलाई संचालक सदस्यमा नियुक्त गरिएको बित्तीय संस्थाले बताएको छ ।

त्यस्तै उक्त वित्तीय संस्थाको संचालक समितिको मिंगलबार बसेको संचालक समितिको बैठक नं ३८४ को निर्णयानुसार हाल संचालक समितिको अध्यक्षता गरिरहेका मुकुन्दप्रसाद दाहालले संचालक सदस्य यथावत रहनेगरि अध्यक्ष पदबाट दिएको राजिनामा स्वीकृत गरि नवनियुक्त संचालक सदस्य किशोर कुमार महर्जनलाई मंगलबार देखि लागुहुने गरि कम्पनीको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

नवनियुक्त अध्यक्ष किशोर कुमार महर्जन सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा दुई कार्यकाल पुरा गरि अवकास प्राप्त गरेका छन् भने नेपालको बैंकिङ्ग क्षेत्रमा करिव ३३ बर्षको अनुभव रहेको छ ।