राजनीति

देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको सहयोग उत्तिकै : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताएका छन् ।
नेपाल जैन परिषदले आयोजना गरेको श्रमण भगवान महावीरको २६ सय १७ औं जन्म कल्याणक महोत्सवको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन्

“समाजमा शान्ती सुव्यवस्था कायम गर्न हरेक ब्यक्तिको योगदान महत्वपूर्ण हुन्छ ” प्रधानमन्त्री ओलीले भने “मानिस मानसिक,आत्मिक रुपमा शान्त भएपछि व्यक्तिले अरुलाई दुःख दिनु हुदैन भन्ने महसुष गर्दछ । जब यस्ते भावनाको विकास गर्न सकिन्छ तब समाजमा शान्ती कायम हुन्छ । ” यस प्रकारको भावनाको विकास नहुँदा सरकारको एकल प्रयासले मात्र समाजमा शान्ती कायम गर्न मुस्किल हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

समाजलाई शान्तीपूर्ण गोरेटोमा हिडाउन महावीर जैनको महत्वपूर्ण भूमिका भएको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् ।“२६१७ बर्ष अघि जन्मनु भएका महाबीर जैनको सान्दर्भिकता अझै उस्तै छ” प्रधानमन्त्री ओलीले भने “मानिसलाई शान्त बनाउन उनका उपदेश र उनको जीवनचर्याको चर्चा अहिले पनि उतिकै सान्दर्भिक छन् ।”

प्रधानमन्त्री ओलीले जनताको बलले संविधान निर्माण भएकोले अब देश निर्माणमा लाग्नु पर्ने बताएका छन् । “अब सबै जात, धर्म, सम्प्रदायले देशर देशबासीको हित, सुख र समृद्धिमा लाग्नु पर्दछ” प्रधानमन्त्री ओलीले भनेका छन् । देश निर्माणकै लागि संघीयता र लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएकोले यसको प्रवद्र्धनमा सबै लाग्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।