राजनीति

बरिष्ठ नेता रामचन्द्र पौडेलले निर्बाचन हारेकोमा दुःख लागेको छ : डा कोईराला

दमौली । नेपाली काँग्रेसका प्रभाबशाली नेता डा शेखर कोईरालाले आफू हारेको भन्दा आफ्ना पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल हारेकोमा चिन्ता लागेको बताएका छन्।

रामचन्द्र पौडेलले हार्दा निष्ठाको राजनीतिले हारेकोले कार्यकर्तालाई निरास हुन नदिन आफू तनहुँ आएको बताए। गिरिजाप्रसाद कोईरालाको स्मृति दिवसमा नेपाली काँग्रेस ब्यास नगरपालिका वडा नं–४ ले तनहुँको दमौलीमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्नूहूँदै कोईरालाले बर्तमान सरकार सर्बसत्ताबादतर्फ अगाडी बढिसकेकोले लोकतन्त्र बचाउँने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए।

कार्यक्रममा पूर्ब कानून मन्त्री यज्ञ बहादुर थापा, काँग्रेस तनहुँका सभापती बैकुण्ठ न्यौपाने, कार्यबाहक सभापती जितप्रकाश आले, पुर्वसभापती रघू पौडेल, पुर्ब साँसद शारदा पौडेल लगायतको सहभागिता रहेको थियो।