आर्थिक

नेप्से आज पनि ओरालोतिर

काठमाडौँ । निरन्तर उतारचढावमा रहेको शेयर बजार आज २.९० अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ३९.१६ बिन्दुले बढेको थियो भने सोमबार ५२ अंकले ओरालो लागेको थियो ।

नेप्सेका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.२६ अंकले ओरालो लागेर २५७.४८ बिन्दुमा पुगेको छ ।
आज कूल १६२ कम्पनीको १३ लाख ५२ हजार ३३० कित्ता शेयर रु ५१ करोड ४१ लाख ६३ हजार ७७७ मूल्य कारोबार भएको छ । मंगलबार १६६ कम्पनीका १५ लाख ११ हजार ६४० कित्ता शेयर रु ५० करोड ६१ लाख २६ हजार मूल्यमा कारोबार भएको थियो ।

वाणिज्य बैंक, विकास बैंक, उत्पादन र अन्य समूहको नेप्स आज सकारात्मक देखिएको छ भने बाँकी समूह ओरालो लागेको छ । वाणिज्य बैंक २.९३, विकास बैंक १.१६, उत्पादनमा १४.७२ र अन्यमा २.८७ अंकले बढेको नेप्सेले उल्लेख गरेको छ ।

व्यापार समूह ४.५६, होटलमा १८.९५, जलविद्युत्मा २१.१५, वित्तमा ५.८२, बिमामा ९१.४१, र लघुवित्तमा २९.०९ अंकले सेरबजारमा ओरालो लागेको छ ।