समाचार

अफिम र नियन्त्रित मनोद्विपक पदार्थ सहित दुई पक्राउ

काठमाण्डौ । मंगलबार लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागु औषध अफिम र नियन्त्रित मनोद्विपक पदार्थ
सहित २ जना मानिस पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला धादिङ, गजुरी -८ घर भई  काठमाण्डौं, गुर्जधारा, बलम्बु डेरा गरी बस्ने बर्ष २९ को राम बहादुर तामाङलाई लागु औषध अफिम १ किलो ४०० ग्राम सहित काठमाण्डौ –१४ बल्खु स्थित सडक किनाराबाट ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ परेका राम बहादुर तामाङ विगत लामो समय देखि लागु औषध अफिमको अवैध कारोवारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यसै गरी व्यूरोबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा उदयपुर, त्रियुगा- ७ ठेगाना भएका बर्ष १९ को पवन बिश्वकर्माको साथबाट नियन्त्रित मनोद्विपक लागु औषध Nitrazepam Tablets IP Nitravet अंकित ६८३ ट्याब्लेटसहित जिल्ला काठमाण्डौ –३२, कोटेश्व र महादेवस्थान स्थित सडक किनाराबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका बिश्वकर्मा विगत लामो समय देखि नेपाल-भारत सीमाबाट नियन्त्रित लागु औषधको कारोवारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको प्रारम्भीक अनुसंधानबाट देखिएको छ ।

-प्रहरीले बरामद गरेको लागू औषध